भारतले प्रतिबन्ध लगाएको ‘द मोदी क्वेसन’ निःशुल्क हेर्न के गर्ने ? – Nepal Press

भारतले प्रतिबन्ध लगाएको ‘द मोदी क्वेसन’ निःशुल्क हेर्न के गर्ने ?

काठमाडौं । प्रतिष्ठित अन्तर्राष्टि«य सञ्चारमाध्यम बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा तयार पारेको डकुमेन्ट्री ‘इन्डियाः द मोदी क्वेसन’ हाल धेरैको चासोको विषय बनेको छ । भारत सरकारले उक्त डकुमेन्ट्री निष्पक्ष नरहेको र प्रोपोगाण्डाको रुपमा तयार पारिएको भन्दै प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्ध लगाइएसँगै उक्त डकुमेन्ट्रीको बारेमा थप चर्चा भएको हो ।

हालैमात्र भारतमा उक्त डकुमेन्ट्री हेरेको आरोपमा दिल्ली विश्वविद्यालयका १० जना विद्यार्थीलाई कलेजबाट निष्काशनसमेत गरिएको थियो । उक्त डकुमेन्ट्रीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २००२ को गुजरात नरसंहारमा खेलेको भूमिकाबारे चर्चा गरिएको छ ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सो डकुमेन्ट्री बीबीसी आईप्लेयरबाट मात्र हेर्न सकिन्छ । यद्यपि यहाँ दिइएको यो लिन्कमार्फत भने सो डुकुमेन्ट्रीको पहिलो भाग निःशुल्क हेर्न सकिन्छ ।

यस डकुमेन्ट्रीको दोस्रो भाग भने हालसम्म कुनै फ्री वेबसाइटमा उपलब्ध छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर