हरिबोल गजुरेल भन्छन्- प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई पूर्णता दिनुहुन्छ – Nepal Press

हरिबोल गजुरेल भन्छन्- प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई पूर्णता दिनुहुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री प्रचण्डको वर्तमान कार्यकालमा शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको र शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने दाबी गरे । गजुरेलले आफूले आफ्नो ठाउँबाट अहिले प्राप्त गरेको जिम्मेवारीलाई ईमानदारिता र निष्ठापूर्वक आफ्नो क्षमताअनुसार काम गर्ने पनि प्रतिबद्धता जनाए ।

उनले विगतमा आफू ९ महिना कृषिमन्त्री भएको बेला नाकाबन्दीको अवस्थामा पनि मलको अभाव हुन नदिएको स्मरणसमेत गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर