कांग्रेसमा नीति अधिवेशनको बहस- नेताहरूको ‘ह्वाट्सएप ग्रुप’ मा खड्काले दिए यस्तो जवाफ – Nepal Press

कांग्रेसमा नीति अधिवेशनको बहस- नेताहरूको ‘ह्वाट्सएप ग्रुप’ मा खड्काले दिए यस्तो जवाफ

काठमाडौं । नेपाली कांग्रेसको नीति महाधिवेशनबारे बहस भइरहेका बेला उपसभापति पूर्णबहादुर खड्काले आन्तरिक ह्वाट्सएप ग्रुपमा संस्थापन पक्षको तर्फबाट प्रष्टीकरण दिएका छन् ।

कांग्रेसका पदाधिकारीसहितका नेताहरू रहेको ह्वाट्सएप ग्रुपमा खड्काले मिडिया र सामाजिक सञ्जालमा पार्टीको नीति अधिवेशनबारे बहस भइरहेको देखेर आफूले प्रष्ट पार्नुपरेको बताएका छन् । महामन्त्रीहरूसहितको ग्रुपमा खड्काले दिएको जवाफ भने शेखर कोइराला लक्षित रहेको कांग्रेस स्रोतले जनाएको छ ।

डा. कोइरालाले विराटनगर पुगेर पार्टीको नीति महाधिवेशन विधानबमोजिम नभएको भन्दै असन्तुष्टि जनाएका थिए । कांग्रेसको विधानअनुसार नेतृत्वको महाधिवेशन सकिएको ६ महिनाभित्र नीति महाधिवेशन हुनुपर्ने व्यवस्था छ । तर, एक वर्षसम्म नभएपछि शेखर पक्षले प्रश्न उठाएको थियो ।

पार्टीका जिम्मेवार नेताहरूले नै नीति महाधिवेशनबारे मिडियाबाजी गरेपछि खड्काले नेताहरूमात्र रहेको आन्तरिक ह्वाट्सएप ग्रुपमा यस्तो जवाफ दिएका छन्-

पार्टीको नीति अधिवेशनबारे साथीहरूका बीच मिडिया र सामाजिक सञ्जालमा बहस भइरहेको देखेर यो विषय प्रस्ट पार्न हाम्रो यो ग्रुपमा यो विषय प्रस्ट पारेको हुँ साथीहरू पार्टीको नीति अधिवेशन गर्ने बारेमा योभन्दा अगाडिको केन्द्रीय कार्यसमितिले निर्णय गरेर केन्द्रीय कार्यालयलाई यसको आवश्यक तयारीको जिम्मा दिइसकेको छ। सिंगो पार्टी चुनावमा केन्द्रित हुनु परेकाले त्यसको तयारीमा समय दिन नसकिएको हो । २२ गतेदेखि बस्ने केन्द्रीय कार्यसमिते कहिले नीति अधिवेशन गर्ने भन्ने मिति तोक्छ र हामी त्यसको तयारीमा जुट्छौं ।

कांग्रेसका शेखर गगन समूहले विशेष महाधिवेशनको छलफलसमेत चलाएको छ भने कतिपय सभापति शेरaहादुर देउवाको राजीनामासमेत मागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर