कार्यदलमा कांग्रेसको नयाँ प्रस्तावपछि एमालेको विश्वास- अब सदन अगाडि बढ्छ (भिडिओ) – Nepal Press

कार्यदलमा कांग्रेसको नयाँ प्रस्तावपछि एमालेको विश्वास- अब सदन अगाडि बढ्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले आज नेपाली कांग्रेसले सदन अवरोध नगर्ने विश्वास व्यक्त गरेका छन्।

संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति नजिक पुगेकाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध नगर्ने उनको बुझाइ छ।

उनले भने, ‘अब हाउस अगाडि बढ्छ, धेरै सरकारी बिजनेसमा हाउस अगाडि बढ्दैन । नियमित प्रक्रियाबाट आज बैठक बोलाइएको छ । सूचना टाँस गरेर स्थगित गर्ने कुरा उपयुक्त हुँदैन । प्रक्रियामा अगाडि बढ्छ । त्यहाँ कांग्रेसले आन्दोलन नगरे हुन्थ्यो भन्ने आग्रह हो । हामीले यहाँ वार्ता संवाद चलाइरहेका छौं। समितिको निर्णय भइसकेपछि सहमतिको नजिकनजिक आइसकेपछि सदन अवरोध नगरोस् भन्ने हाम्रो चाहना हो ।’

उनले कांग्रेसले अवरोध गर्‍यो भने पनि सरकारले जबरजस्ती सरकारी बिजनेस अगाडि नबढाउने बताए।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर कार्यदलमा सहमतिको प्रयास भइरहेकाले तत्काल बस्न सम्भावना नरहेको सभामुखको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर