कैलाश सिरोहिया प्रकरणमा महतले भने- यो केशमा बढी प्रतिशोध देखियो – Nepal Press

कैलाश सिरोहिया प्रकरणमा महतले भने- यो केशमा बढी प्रतिशोध देखियो

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गरिएको पक्राउमा प्रतिशोध बढी हाबी भएको दाबी गरेका छन् ।

पुर्वअर्थमन्त्री समेत रहेको डा. महतले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्न सिरोहियालाई पक्राउ गरेको आरोप लगाए ।

डा. महतले भने, ‘यसमा प्रतिसोध ज्यादा आएको देखिन्छ । यसले केस प्रभावित भएको देखिन्छ । सहकारी प्रकरणको जसरी कान्तिपुरले समाचार लेख्यो त्यसको प्रतिसोधको रुपमा नागरिकता विवाद उत्कर्षमा पुर्याएर पक्राउ गरेको देखिन्छ । होइन भने कुनै पनि समस्या थियो अथवा छानविन गर्नुपर्ने थियो भने यस्तो तामझाम गर्नुपर्ने थिएन ।’

महतले उनीहरुसँग प्रमाण छ भने सोही अनुसार अगाडि बढ्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर