कछुवा संरक्षणको लागि हेटौँडामा र्‍याली – Nepal Press

कछुवा संरक्षणको लागि हेटौँडामा र्‍याली

काठमाडौं । कछुवा संरक्षणको लागि हेटौँडामा र्‍याली निकालिएको छ । बिहीबार वाइल्ड केयर संस्थाको अगुवाइमा विश्व कछुवा दिवसको अवसरमा उक्त र्‍याली निकालिएको हो ।

हेटौँडाको फरेस्ट्री कलेजका विद्यार्थीहरूले अनुहारमा कछुवाबारेका स्टिकर तथा पोस्टकार्डहरू लिएर र्‍याली निकालिएको थियो ।

कछुवाको घर पालन बन्द हुनुपर्ने र उनीहरूको प्राकृतिक रुपमा संरक्षण हुनुपर्ने माग राख्दै र्‍याली निकालिएको थियो ।

मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

सन २००० बाट हरेक मे २३ मा विश्व कछुवा दिवस मनाउने गरिन्छ । कछुवा विश्वमा सबैभन्दा धेरै खतरामा रहेका जीवहरूमा पर्छन् ।

कछुवा अनुसन्धान गरेकी रमा मिश्रका अनुसार कछुवाका आधा जसो प्रजातिहरू विभिन्न कारणले लोपको जोखिममा छन् ।

मिश्र भन्छिन्, ‘नेपालमा पाइने १७ प्रजातिका कछुवाहरूमध्ये ठोटरी भनिने एलोन्गेटेड टोर्टोइज मात्र जमिनमा पाउँछ । यो अति सङ्कटापन्न जीवमा पर्छ । मासु, अवैध चोरी शिकारी र घरपालुवा जीवनको रूपमा प्रयोग हुँदा संख्या घट्दो अवस्थामा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर