कार्यदलको बैठकमा कांग्रेसको अडान- गृहमन्त्रीको नाम किटान नभएसम्म हामी मान्दैनौं (भिडिओ) – Nepal Press

कार्यदलको बैठकमा कांग्रेसको अडान- गृहमन्त्रीको नाम किटान नभएसम्म हामी मान्दैनौं (भिडिओ)

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक कांग्रेसले पुरानै अडान दोहोर्याएको छ ।

कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरु गृहमन्त्रीकै नाम लेख्नुपर्ने अडानबाट पछि नहटेको बताए ।

उनले भने, ’सहकारीको बिषयमा गृहमन्त्रीमाथि विभिन्न निकायमा छानबिन भइरहेको छ । उहाँ गृहमन्त्री भइसकेपछि छानबिन प्रभावकारी हुन सक्दैन भन्ने उद्देश्यका साथ कांग्रेसले सुरुदेखि नै समितिको माग गरेका छौं । हिजो कांग्रेसको बैठकले पनि त्यही कुरा स्पष्ट पारेका छौं ।’

उनले छानबिन समितिमा गृहमन्त्रीको नाम किटान नभएसम्म आफूहरु नमान्ने अडान सुनाए ।

उनले थपे, ‘हामीले जसकाबारेमा छानविन बनाउनुपर्छ भनेर उठाएका हौं । त्यो नभएसम्म हामी मान्दैनौं भनेका छौं । सत्तापक्षलाई आज पनि त्यही कुरा राखेका छौं । उहाँहरुले नाम नराखीकन छानबिनको दायर अगाडि बढाउँनुपर्छ भन्ने प्रस्ताव राख्नुभएको छ । त्यो गोलमोटल भाषाले छानबिन अगाडि बढ्न सक्दैन । त्यसैले गृहमन्त्री अपचलनमा सहभागी हुनुहुन्छ भन्ने हामीले भनेका छौं । नभए कांग्रेसले गृहमन्त्रीमाथि यस्तो आरोप लगाएको छ भन्ने भाषा पारौं सकिन्छ भन्नेबारे पनि छलफल भएको छ ।’

उनले आज भएको छलफलमा उठेका कुराहरुबारे शीर्ष नेताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

 


प्रतिक्रिया

One thought on “कार्यदलको बैठकमा कांग्रेसको अडान- गृहमन्त्रीको नाम किटान नभएसम्म हामी मान्दैनौं (भिडिओ)

  1. देश लुटाहा काँग्रेसले नमाने केही पनि नाप्दैन । यी लुटेरालाई जनताबबीच नङ्ग्याउदै जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर