सिरोहियालाई भेट्न जनकपुर आएका विमलेन्द्रले भने- उहाँको घर मेरो सामुन्ने छ, नागरिकता कीर्ते होइन (भिडिओ) – Nepal Press

सिरोहियालाई भेट्न जनकपुर आएका विमलेन्द्रले भने- उहाँको घर मेरो सामुन्ने छ, नागरिकता कीर्ते होइन (भिडिओ)

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न जनकपुरधाम आएका छन् ।

काठमाडौंबाट जहाजमा जनकपुरधाम पुगेका निधीले विमानस्थलमै पत्रकार सम्मेलन गर्दै आफू सिरोहियालाई भेट्न आएको बताए । उनले आफू विनास्थलबाट सिधा एसपी कार्यालय पुगेर सिरोहियालाई भेट्ने जानकारी गराए ।

उनले सिरोहिया जनकपुरका ‘बोनाफाइड’ नेपाली नागरिक रहेको दाबी गरे । उनले भने, ‘सिरोहियाको घर मेरो घरकै सामुन्ने घर छ । प्रतिशोधपूर्ण तरिकाले सरकार गिरफ्तार गरेको छ । अनावश्यक दुःख दिएको छ ।’

नेता निधिले सिरोहियालाई भेटेर आफू र नेपाली कांग्रेस साथमा रहेको जानकारी गराउने बताए । कानूनी व्यवस्था र प्रक्रियाको त्रुटिले सिरोहियाको नागरिकता रेकर्ड फरक फरक भएको पनि बताए । उनले भने, ‘सिरोहियाको नागरिकता किर्ते हुँदै होइन, उहाँ अपराधी छैन ।’

नागरिकता कीर्ते सम्बन्धी कसुरमा सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपका केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर बुधवार जनकपुरधाम ल्याएको थियो । अदालतबाट तीन दिनको म्याद थपेपछि अहिले उनी धनुषा प्रहरीको हिरासतमा छन् ।


प्रतिक्रिया

One thought on “सिरोहियालाई भेट्न जनकपुर आएका विमलेन्द्रले भने- उहाँको घर मेरो सामुन्ने छ, नागरिकता कीर्ते होइन (भिडिओ)

  1. उसको बाउको त होला उसको त खै थाहा छैन विमलेन्द्रले सिराहामा एमालेलाई एकै चिहान बनाएका थिए भन्छन् महेन्द्रनारायणलाई राज्यले सधै सम्झन्छ तर विमलेन्द्रलाई तिरस्कार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर