शेखरको जिकिर- मुलुक अधिनायकवाद र निरंकुशतातर्फ गयो (भिडिओ) – Nepal Press

शेखरको जिकिर- मुलुक अधिनायकवाद र निरंकुशतातर्फ गयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको बताएका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुदै गएकाले पत्रकारहरुले सचेत हुनुपर्ने समेत बताएका हुन् ।
उनले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरे । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे ।

उहाले कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका बिषयमा पनि गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए ।

कार्यक्रममा गोविन्दचन्द्र क्षेत्री, गिरिराज आचार्य, हर्षसुब्बा लगायत वरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

One thought on “शेखरको जिकिर- मुलुक अधिनायकवाद र निरंकुशतातर्फ गयो (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर