गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा नेविसंघले बाल्यो टायर – Nepal Press

गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा नेविसंघले बाल्यो टायर

जनकपुरधाम । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै जनकपुरधाममा टायर बालेर प्रदर्शन गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै नेविसंघले जनकपुरधामको रमेश चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सडकमा टायर बालेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका छन् ।

प्रदर्शनकारीमाथि बल प्रयोग गरी सुरक्षाकर्मीले बलिरहेको टायरमा पानी हालेका थिए । सो क्रममा नेविसंघका कार्यकर्ता र सुरक्षाकर्मीबीच सामान्य झडप भएको छ ।

प्रदर्शनकारीले सिरोहियालाई रिहा गर, निकम्मा सरकार मुर्दाबाद, सहकारी ठग गृहमन्त्रीलाई कारबाही गर जस्ता नारा लगाएका छन् ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई धनुषा जिल्ला अदालत लग्नेबेला पनि नेविसंघले प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

One thought on “गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा नेविसंघले बाल्यो टायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर