सदन बस्नुअघि देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक – Nepal Press

सदन बस्नुअघि देउवाको कार्यकक्षमा विपक्षी दलको बैठक

काठमाडौं । प्रतिनिधि सभामा सहभागी रहेका विपक्षी दलको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्ष दलको बैठक जारी छ।

कांग्रेसहित विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ। समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको छ।

प्रतिनिधिसभाको बैठक अहिले ११ बजेका लागि बोलाइएको भए पनि सभामुख देवराज घिमिरे कार्यदल र विपक्षी दलको बैठकको निर्णय पर्खेर बसिरहेका छन्।

सभामुखले यसअघि सरकारसँग मिलेर बहुमतको बलमा पेलेको भन्दै विपक्षी दलहरु असन्तुष्ट छन्। आज समितिको टीओआरमा सहमति नजुटेपनि सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित गर्ने सरकारको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर