पत्रकारको प्रश्नमा गृहमन्त्रीको `नो कमेन्ट´ – Nepal Press

पत्रकारको प्रश्नमा गृहमन्त्रीको `नो कमेन्ट´

हेटौंडा । हेटौंडामा हिजोबाट जारी बागमती प्रदेशको सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन आएका गृहमन्त्री रवि लामिछाने काठमाडौं फर्किएका छन् ।

आजको बैठक समापनपश्चात काठमाडौं फर्कने क्रममा उनलाई बैठकस्थल बाहिर पत्रकारले पछिल्लो राजनीति घटनाक्रमबारे सोधेको प्रश्नको जवाफमा उनले आफू आज केही नबोल्ने भन्दै गाडीमा चढे ।

बैठकको विषयमा गृहमन्त्रालयका प्रवक्तासँग सोध्नु भन्दै उनी सीधै सिमरा हानिए । गृहमन्त्री आजै सिमरा हुँदै हवाई मार्गमार्फत काठमाडौ जाने कार्यक्रम रहेको जनाइएको छ ।

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन समिति गठनको माग राखेर कांग्रेसले सदन र सडकमा विरोध गरिरहँदा हिजो कैलाश सिरोहिया नागरिकतासम्बन्धी कसुरमा पक्राउपछि मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

गृहमन्त्री हिँडेपछि बैठकबारे प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । बैठकमा बागमतीका १३ वटै जिल्लाको सुरक्षा अवस्थाबारे जिल्लाको प्रस्तुतिकरण भएको उनले बताए । बैठकमा गृहमन्त्री लामिछानेले चुस्त दुरुस्त सुरक्षा र सेवा प्रवाहको लागि मातहतको निकायलाइ निर्देशन दिएको भट्टराइले बताए ।

बैठकमा गृहमन्त्री लामिछानेले प्रहरी समायोजन सम्बन्धि कार्य सम्पन्न गर्न मन्त्रालयले आवश्य काम गरिरहेको बताएको प्रवक्ता भट्टराईको भनाइ छ ।

बैठकमा गृहमन्त्री लामिछानेले आफ्नो दुई महिने कार्यकालमा राजश्व चुहावटको घटनामा २० प्रतिशतले सुधार भएको र ७ सय बिघा अतिक्रमित जमित साविकको अवस्थामा फिर्ता ल्याइएको जानकारी दिएका थिए । स्थानीय प्रशासनको उपस्थितिले पीडितको लागि भर र पिडकको लागि डर हुनुपर्ने धारणा ब्यक्त गर्दै प्रहरीलाई खरो रुपमा उत्रन गृहमन्त्री लामिछानेले बैठकबाट निर्देशन दिएका छ्न् ।

बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेशअन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी हुँदैछन् । जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारीहरु रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *