गौरमा युवकको शव फेला – Nepal Press

गौरमा युवकको शव फेला

जनकपुरधाम । रौतहटको गौरमा युवक शव फेला परेको छ ।

गौर नगरपालिका- ४ टिकुलियास्थित केराघारीमा स्थानीय शुभनारायण सहनीका २० वर्षीय छोरा रोहितको शव फेला परेको हो ।

लुगा च्यातिएको र शरीरभरि निलडाम रहेको अवस्थामा उनको शव परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कार्यालयका अनुसार घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर