चार मिनेटको भाषणमा प्रचण्डले भने- मेरो बाँकी जीवन सुशासन र विकासमा समर्पित (भिडिओ) – Nepal Press

चार मिनेटको भाषणमा प्रचण्डले भने- मेरो बाँकी जीवन सुशासन र विकासमा समर्पित (भिडिओ)

‘यो कार्यकालमा भाषण कम र काम धेरै गर्छु, जनतालाई पिर मर्का पर्ने कुनै निर्णय हुन दिन्न’

काठमाडौं । सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने कम्युनिस्ट नेताहरू र आफ्नै समेत विगतलाई सच्याउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम,जनताको सेवा धेरै गर्ने प्रण गरेको बताएका छन् ।

चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत बताए ।

करीव ४ मिनेटको भाषणमा उनले भने- मैले यो पटक हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छ । तपाई चितवनबासीलाई थाहा छ,मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेको छु । म यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन ।

प्रधानमन्त्रीले जनतालाई पिरमर्कामा पार्ने कुनै पनि निर्णयमा कठोर कदम चाल्ने समेत बताए ।


प्रतिक्रिया

One thought on “चार मिनेटको भाषणमा प्रचण्डले भने- मेरो बाँकी जीवन सुशासन र विकासमा समर्पित (भिडिओ)

  1. आज सुशासनको निम्ति समर्पित भनेको र हिजो एमडिएमएस सेवा स्थगित गर्नु भनेको ठ्याक्कै उल्टो भयो नि । मोवाईलको तस्करी रोक्न, करको दायरामा ल्याउन तथा मोवाईल मार्फत हुने अपराध नियन्त्रण गर्न प्रभावकारी मानिएको सेवा बन्द गरेपछि कहाँबाट आयो सुशासन ? भनाई र गराई मिल्नुपर्यो । विदेशबाट आउनेले ल्याएको मोबाईललाई निहु बनाएर सेवा नै स्थगित गर्नु भनेको मोवाईल तस्करहरूको प्रभावमा पर्नु हो । खोइ सुशासन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर