दलको बैठकमा प्रचण्डको ब्रिफिङ- माधवजीको असन्तुष्टि समीकरण छाड्ने तहको होइन – Nepal Press

दलको बैठकमा प्रचण्डको ब्रिफिङ- माधवजीको असन्तुष्टि समीकरण छाड्ने तहको होइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले डे–वानदेखि नै सत्ता समीकरण भत्काउने प्रयास गरे पनि सम्भव नभएको बताएका छन् । संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले समीकरणमा ठूलो अपेक्षाको कारणले केही असन्तुष्टि रहेको बताए ।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पछिल्लो असन्तुष्टिलाई लक्षित गर्दै भने, ‘समीकरणभित्र पनि केही असन्तुष्टि र अपेक्षाहरु छन् । तर, त्यो अपेक्षाहरुकै कारणले सरकारबाट बाहिरिने तहमा पुगेको देखिँदैन ।’

समीकरणमा देखिएको समस्या कुनै न कुनै विन्दुबाट हल गर्नेबारे छलफल भइरहेको उनले बताए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘केही कुरा मिलिरहेका छैनन्, प्रदेश सरकार गठनको विषयमा पनि प्राविधिक रुपमा देखिएको असन्तुष्टि हुन् । त्यसले अब समीकरणमा असर पार्दैन । माधवजी यो समीकरण छाडेर बाहिरिने मनस्थितिमा हुनुहुन्न ।’

उनले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रम र बजेटको विषयमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । देश र जनताको चाहनाअनुसार बजेट निर्माणको क्रममा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका खेल्न उनले सांसदहरुलाई आग्रहसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर