दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवानको शव भेटियो, हत्याको आशंका – Nepal Press

दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवानको शव भेटियो, हत्याको आशंका

काठमाडौं । काठमाडौंको मनमैजुमा ट्राफिक प्रहरी जवान मृत भेटिएका छन्।

शुक्रबार अपराह्र पौने ५ बजे तारकेश्वर नगरपालिका– ९ मनमैजुस्थित हरियो चौरमा ट्राफिक प्रहरीयुवराज घिमिरे मृत भेटिएका हुन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेका अनुसार हरियो चौर बासुकी नागटो स्थित जोनस खत्रीको दुई तले निर्माणाधिन भवनको भुई तलामा बोरा र कालो फर्मले छोपिएको अवस्थामा उनको शव भेटिएको थियो ।

प्रहरी वृत्त बालाजुबाट एसएसपीको कमाण्डमा खटेको प्रहरी टोलीले शव प्लाष्टिकको बोरा र कालो फर्मले छोपिएको अवस्थामा मृतक शव फेला परेको, मृतकको टाउको तथा शरिरका विभिन्न भागमा चोटहरु रहेको भेटिएको थियो ।

अनुसन्धानको क्रममा मृतक खोटाङ मझुवागढी गाउँपालिका–१ घर भई हाल ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा प्रहरी जवान पदमा कार्यरत रहेको पुष्टि भएको रजौरेले बताए ।

घटनास्थल तथा लाश जाँच प्रकृती मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान भइरहेको र घटनास्थलमा कुकुर परिचालन गरिएको उनले बताए । उनको शव पोष्टमार्टमको लागि त्रि।वि। शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । घटनाको सम्बन्धमा सुक्ष्म रुपमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *