प्रधानमन्त्रीसँग छलफल गर्न देउवासहित कांग्रेस नेताहरु बालुवाटारमा – Nepal Press

प्रधानमन्त्रीसँग छलफल गर्न देउवासहित कांग्रेस नेताहरु बालुवाटारमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा,  उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले स‌ंसद अवरुद्ध गर्दै आइरहेकाे छ ।

प्रधानमन्त्री  दाहालले संसदको गतिरोध अन्त्यको प्रयासमा  कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् ।

उनले आज बिहानै  नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले साेमबार  चाैथाे पटक विश्वासकाे मत लिँदैछन् । संसदकाे गतिराेध अन्त्य र विश्वासकाे मत लिने विषयमा छलफल केन्द्रीत  रहेकाे जनाइएकाे छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर