कान्तिराजपथ सडकमा कार दुर्घटना – Nepal Press

कान्तिराजपथ सडकमा कार दुर्घटना

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिकाको कान्तिराजपथ सडकमा कार दुर्घटना भएको छ ।

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्ड अन्तरगत बकैया– १२ ठिङ्गनामा दुर्घटनामा परेको हो । ग३च ९४७५ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनमा बारा निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षको सन्दिप शाह, रौतहट मौलापुर नगरपलिकका ६ बस्ने १७ वर्षका विबेक शाह, भिमफेदी गाउपालिका वडा नम्बर ८ बस्ने ६५ वर्षका प्रेम बहादुर ब्लोन घाइते भएका छन् । उनीहरुलाइ उपचारको लागि हेटौंडा ल्याइएको भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर