प्रचण्डको ब्रिफिङ- सहकारीको समस्या गम्भीर बन्यो, संसद चल्ने नचल्ने निश्चित छैन – Nepal Press

प्रचण्डको ब्रिफिङ- सहकारीको समस्या गम्भीर बन्यो, संसद चल्ने नचल्ने निश्चित छैन

कांग्रेसले समीकरण भत्काउने प्रयास गरेपनि सम्भव छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरण जटिल बनेको ब्रिफिङ गरेका छन्।

सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद्को सहकारीको समस्या समाधान गर्नको लागि ठोस निर्णय गर्ने जानकारी गराए।

उनले बैठकमा भने, ‘सहकारीको समस्या गम्भीर बनेको छ। अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका गर्नको लागि संसदीय छानबिन समिति बनाउनेबारे छलफल भइरहेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै सदन अबरुद्ध गर्दै आइरहेको छ। अहिले पनि अधिवेशन आह्वान गरेपनि चल्ने नचल्ने निश्चित नभएको बताए।

उनले थपे, ‘संसद बोलाइएको छ। चल्ने नचल्ने निश्चित छैन। विपक्ष दलसँग संवाद भएपनि निचोड निक्लिसकेको छैन।’ उनले समस्या समाधानको विषयमा छलफल गर्न केही दिनमा सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी गराए।

उनले प्रतिपक्ष दल नेपाली कांग्रेसले समीकरण भत्काउने प्रयास गरेपनि तत्काल सम्भावना नरहेको जिकिर गरे।


प्रतिक्रिया

One thought on “प्रचण्डको ब्रिफिङ- सहकारीको समस्या गम्भीर बन्यो, संसद चल्ने नचल्ने निश्चित छैन

  1. Ravi- quit government, start building party wing across and focus for 2084 election, ask and stay opposition and start asking to form a public hearing for all stakeholders since 2047. This corrupt NC, UML and others don’t allow 🔔 party to run the government smoothly.
    Illam has given a lesson , pls Learn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर