वीर अस्पतालका चिकित्सक र नर्सलाई ‘तनाव व्यवस्थापन र जीवनशैली व्यवस्थापन कला’ – Nepal Press

वीर अस्पतालका चिकित्सक र नर्सलाई ‘तनाव व्यवस्थापन र जीवनशैली व्यवस्थापन कला’

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र जीवन विज्ञानको सहकार्यमा शुक्रबार ‘तनाव व्यवस्थापन र जीवनशैली व्यवस्थापन कला’कार्यक्रम सम्पन्न भएको छ ।

वीर अस्पतालमा भएको कार्यक्रममा जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले स्वास्थ्यकर्मीका लागि प्रणायाम र ध्यान अत्यावश्यक रहेका बताए ।

उनले विरामीलाई हिलिङ दियो भने उसको पीडा र दुखाइ कम हुने र बिरामी चाडै स्वास्थ्य हुने बताउँदै हरेक स्वास्थ्यकर्मीमा हिलिङ्को कला र क्षमता हुनुपर्ने बताए ।

उनले भने, ‘स्वास्थ्यकर्मीले आफ्नो शरीरमा भएका सात चक्रको प्रयोगबाट आफुमा भएको हिलिङ क्षमता बढाउन सकिन्छ ।’ शर्माले सात चक्रले मानिसको स्वास्थ्य, कार्यक्षमता, विचार, भावना र ज्ञानमापार्ने प्रभावका विषयमा प्रष्ट पार्दै हरेक चिकित्सक सथा स्वास्थ्यकर्मीले मानिसको समग्र स्वास्थ्यका लागि काम गर्नुपर्ने बताए । समग्र स्वास्थ्यका लागि योग र ध्यानको बाटो मूल भएको उनको भनाइ छ ।

कार्यक्रममा अध्यात्मले स्वास्थ्यकर्मीलाई कसरी फाइदा पुर्‍याउँछ भन्ने विषयमा प्रा.डादीपक रेग्मीले आफ्नो अनुभव सुनाउँदै अध्यात्मका विषयमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव मदन कोइरालाले अध्यात्मको ज्ञानलाई व्यापक बनाउनुपर्ने बताउँदै मन्त्रालयमार्फत यसलाई प्राथमिकतामा राख्नका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वीर अस्पतालका सहनिर्देशक प्रा.डा.समाज गौतमसहित वीर अस्पतालका पदाधिकारी,नर्सिङ क्याम्पस प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङलगायत सबै विभागको सहभागीता रहेको कार्यक्रममा स्वजागरण ध्यान विधिको प्रयोग समेत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *