मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश – Nepal Press

मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार साँझ प्रदेशसभा सदस्य कुशवाहाले पार्टीमा भित्र्याएका हुन् ।

सर्लाही ३ ९१० बाट निर्वाचित उनी माओवादीमा प्रवेश गर्न प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए ।

कुशवाहा प्रवेश गरेसँगै मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर