प्रधानमन्त्री प्रचण्डले भने- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनसक्छ – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भने- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनसक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका छन् । भारतीय न्युज च्यानल एबिपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो हिजोमात्र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको बताए ।

प्रधानमन्त्रीले भने- मलाई जहाँबाट पहिलो निम्ता आउँछ त्यहीँ भ्रमण हुन्छ । हिजोमात्र भारतीय विदेश सचिवसँग कुराकानी भएको छ । मलाई लाग्छ मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्डले भने- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनसक्छ

  1. यस्ता कुरा नगरेकै राम्रो । अनुकुल समयमा मित्रराष्ट्रहरूको भ्रमण हुन्छ । कुन देश पहिला भन्दा परिस्थितिले निर्धारण गर्छ भनेर पो जवाफ दिनुपर्छ । यो त भारतलाई खुशी पार्न भनेको जस्त‍ो देखियो नि । अनि प्रधानमन्त्री भएर विदेश सचिवजस्तो फुच्चे कर्मचारीसँग किन कुराकानी ? तपाईले त मोदिसँग पो कुरागर्नुपर्छ । भारत र चीनसँग समदुरी राख्नुपर्छ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर