आयोगकाे आधिकारिक विवरण- प्रदेशदेखि संघसम्म समानुपातिकमा कसकाे कति सीट ? – Nepal Press

आयोगकाे आधिकारिक विवरण- प्रदेशदेखि संघसम्म समानुपातिकमा कसकाे कति सीट ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुबाट निर्वाचितहरुको सीट संख्या निर्धारण गरेको छ ।

आयोगले वुधबार सार्वजनिक गरेको आधिकारिक विवरणअनुसार मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको आधारमा सीट संख्या तोकेको हो ।

जसअन्तर्गत नेकपा एमालेले सबैभन्दा धेरै ३०.९१ प्रतिशत मत प्राप्त गर्दै ३४ सीट ल्याएको छ । नेपाली कांग्रेसले २९.०९ प्रतिशतमा ३२ सिट ल्याएको छ भने माओवादी केन्द्र (हँसिया हथौडा चिन्ह लिएका)ले १४ सीट पाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ वटा सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट ल्याएको छ ।

विवरणअनुसार अब नेपालमा सात वटा राजनीतिक पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाएका हुन् । जसपाले समानुपातिकमा ५ सीट ल्याएर आफूलाई राष्ट्रिय पार्टी बनाउँदा यसै पटक निर्वाचनमा होमिएको सिके राउट नेतृत्वको जनमत पार्टीले पनि ५ सीटसहित राष्ट्रिय दलमा आफूलाई दर्ज गराएको छ ।

त्यस्तै, प्रदेशतर्फको समानुपातिकमा प्रदेश १ मा नेकपा एमाले १५ सीट ल्याउँदा कांग्रेसले १२ सीट ल्याएको छ । त्यस्तै, मधेश प्रदेशमा कांग्रेसले ९ सीट प्राप्त गरेको छ भने एमालेले ८ सीट ल्याएको छ ।

वागमतीमा एमालेले १४ सीट पाएको छ भने कांग्रेसले १२ सीट ल्यायो । गण्डकीमा पनि एमालेले १० सीट प्राप्त गर्दा कांग्रेसले ९ सीट पाएको छ । लुम्बिनीमा समानुपातिकतर्फ एमालेले ११ सीट हासिल गरेको छ, कांग्रेसले १० सीट ल्याएको छ । कर्णालीमा एमाले र कांग्रेसले बराबर ५/५ सीट पाएका छन् भने सुदूरपश्चिममा यी दुवै दलले ७/७ सीट ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर