प्रचण्ड र एमाले सचिव रघुवीर महासेठबीच भेटवार्ता – Nepal Press

प्रचण्ड र एमाले सचिव रघुवीर महासेठबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले महासचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । सोमबार प्रचण्डलाई भेट्न एमाले सचिव महासेठ खुमलटार नै पुगेका थिए ।

प्रचण्डसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो भएकाले बधाई दिन खुमलटार गएको महासेठले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीबीच राम्रो सम्बन्ध छ । निर्वाचनबाट विजयी भएपछि उहाँलाई बधाई दिन गएको हुँ । त्यहाँ थप राजनीतिक कुरा भएन ।’

तर, सरकार गठनबारे दलहरुबीच रस्साकस्सी परिरहेको वेलामा महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । महासेठ एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेस मिसनका विश्वाशिला पात्र हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर