थ्रेसहोल्ड कटाउन संघर्षरत् नेकपा एस जनमतभन्दा अझै एक लाख बढी मतले पछाडि – Nepal Press

थ्रेसहोल्ड कटाउन संघर्षरत् नेकपा एस जनमतभन्दा अझै एक लाख बढी मतले पछाडि

समानुपातिकमा एमाले निरन्तर अगाडि हुँदा अरु दलको कति ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना जारी छ । आइतबार बिहान साढे १० बजेसम्म गणना सकिएको एक करोड ४ लाख २० हजार १२५ मतमा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

२७ लाख ८८ हजार ३५६ मत ल्याएर एमाले पहिलो हुँदा दोस्रो स्थानमा रहेको कांग्रेसको मत २६ लाख ६० हजार २४६ रहेको छ । एमाले-कांग्रेसबीचको मतान्तर एक लाख २८ हजार ११० छ ।

माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मत पाएर तेस्रो स्थानमा रहँदा, ११ लाख २४ हजार ५४३ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ८६ हजार ६३८ मत छ । जनता समाजवादी पार्टीको ४ लाख २० हजार ९४६ मत रहेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत छ । थ्रेस होल्ड कटाउन संघर्षरत् नेकपा एस भने जनमतभन्दा अझै एक लाखभन्दा बढी मतले पछाडि छ ।

नेकपा एसले २ लाख ९४ हजार ३६२ प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर