विश्वकपः पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो – Nepal Press

विश्वकपः पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो

काठमाडौं । पोर्चुगललाई २–१ गोलको नतिजमा पराजित गर्दै दक्षिण कोरिया समूह ‘एच’ बाट अन्तिम १६ मा प्रवेश गरेको छ ।

एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियालाई जित दिलाउन ह्वाङ ही चान नायक बने । खेलको निर्धारित समय १–१ को बराबरी भएको खेलमा इन्जुरी समयको पहिलो मिनेटमा चाले गोल गर्दै दक्षिण कोरियाको जित २–१ ले सुनिश्चित गरे ।

जितसँगै चार अंक जोडेको कोरियाले समान चार अंक भएको उरुग्वेलाई ‘फएर प्ले’ का आधारमा पछि पार्दै अन्तिम १६ मा स्थान पक्का गर्यो ।

समूह ‘एच’ को अर्को खेलमा घानालाई २–० गोलको नतिजमा पराजित गरेपनि ‘फेयर प्ले’ मा पछि परेको उरुग्वे बाहिरिएको छ ।

पोर्चुगल यसअघिनै लगातार दुई खेलमा जित निकाल्दै अन्तिम १६ प्रवेश गरेको थियो ।

सन् २००२ को विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछिका संस्करणमा २०१० पछि पहिलो पटक अन्तिम १६ मा पुगेको हो । उरुग्वे २० वर्षपछि पहिलो पटक समूह चरणबाटै बहिरिएको हो । यसअघि सन् २००२ को विश्वकपमा उरुग्वेले समूह चरण पार गर्न सकेको थिएन ।

प्रि–क्वार्टरफाइनलमा दक्षिण कोरियाले समूह ‘जी’ को विजेतासँग खेल्नेछ । यस्तै, पोर्चुगलले सोहि समूहको उपविजेतासँग खेल्नेछ ।

समूह ‘जी’अन्तर्गत ब्राजीलले क्यामरुन र सर्बियाले स्विजरल्यान्डसँग १२ः४५ मा भिड्दैछन् । यी दुई खेलसँगै विश्वकप २०२२ को समूह चरणका खेलहरु सकिनेछन् ।

नकआउट चरणका खेलहरु सनिबार राती ८ः४५ बजे देखि सुरु हुनेछ । नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर