१५० मतपत्र हराएपछि दोलखामा मतगणना रोकियो – Nepal Press

१५० मतपत्र हराएपछि दोलखामा मतगणना रोकियो

काठमाडौं । दोलखामा जारी मतगणना विवादका कारण स्थगित भएको छ । करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि मतगणना स्थगित भएको हो ।

एउटा गाउँपालिकाको वडा नम्बर १ को १५० मतपत्र नभेटिएको मतगणनास्थलमा रहेका एक प्रतिनिधिले बताए । अहिले सर्वपक्षीय छलफल चलिरहेको छ । एमालेले उक्त मतपत्रको टुंगो नलागी मतगणना सुचारु हुन नसक्ने बताइरहेको छ ।

दोलखामा दोस्रो पटक भएको मतदानमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता लिइरहेका छन् । उनलाई एमालेका बालकृष्ण शिवाकोटीले पछ्याएका छन् ।

पछिल्लो मतगणनामा माओवादी २१०७ मतले अगाडि छ । ९ हजार ७६ मत गनिसकेपछि मतगणना रोकिएको हो ।

 

कालिञ्चोक १ को गणना भइरहदा मुचुल्कामा उल्लेख भएको सबै मत नभेटिएपछि विवाद भएको थियो ।

सो मतदान केन्द्र गठबन्धनले नियन्त्रणमा लिएर एकलौटी मतदान गरेको भन्दै एमालेले उजुरी गरेको थियो । माओवादी नेता नरवहादुर पाख्रिनले कब्जा गरेको मतदान केन्द्रको मत गन्ने क्रममा सबै मत नभेटिएपछि विवाद भएको हो । गणना भइरहेको बेला सो वडामा गठबन्धनका उम्मेदवार गंगा कार्कीले ९२४ मत र एमालेका बालकृष्ण शिवाकोटीले २५३ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर