प्रादेशिक समानुपातिक मतपत्र-मधेसमा छाता र सुदूरपश्चिममा रुख, अरु सबैमा सूर्य पहिलो नम्बरमा (सूचीसहित) – Nepal Press

प्रादेशिक समानुपातिक मतपत्र-मधेसमा छाता र सुदूरपश्चिममा रुख, अरु सबैमा सूर्य पहिलो नम्बरमा (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि बन्दसूची पेश गरेका दलको निर्वाचन चिन्ह समेटिएका मतपत्र आयोगले सार्वजनिक गरेको हो ।

७ वटा प्रदेशमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा ५९ दलले बन्दसूची पेश गरेकाले मतपत्रमा पनि ५९ वटै दलको निर्वाचन चिन्ह समावेश भएको छ । जसमा पहिलो नम्बरमा जनता समाजवादी पार्टी (जसपा)को छाता समावेश भएको छ भने अन्तिम नम्बरमा पाँच तारे निर्वाचन चिन्ह समावेश भएको छ । दोस्रोमा सबैभन्दा धेरै ५८ दलले बन्दसूची पेश गरेको वागमती प्रदेशमा ५८ वटै निर्वाचन चिन्ह समावेश भएका छन् । जसको पहिलो नम्बरमा नेकपा (एमाले)को सुर्य र अन्तिममा पाँचतारे निर्वाचन चिन्ह समावेश भएको छ ।

तेस्रोमा सबैभन्दा धेरै ५५ बन्दसूची पेश भएको प्रदेश एकको मतपत्रमा पनि ५५ वटै दलको निर्वाचन चिन्ह समेटिएका छन् । प्रदेश एकको मतपत्रको पहिलो नम्बरमा नेकपा एमाले)को निर्वाचन चिन्ह सुर्य समेटिएको छ भने अन्तिममा पाँच तारे निर्वाचन चिन्ह समेटिएको छ । चौथोमा ५४ दलले बन्दसूची पेश गरेको लुम्बिनी प्रदेशमा ५४ वटै दलको मतपत्र समावेश हुदाँ पहिलो नम्बरमा सुर्य र अन्तिममा पाँचतारे, गण्डकी प्रदेशमा ५२ दलले बन्दसूची पेश गरेकोमा ५२ वटै दलको मतपत्र समेटिएको छ । जसमा पहिलो नम्बरमा सुर्य र अन्तिममा पाँचतारे समेटिएको छ ।

सुदूरपश्मि प्रदेशमा ३४ दलले बन्दसूची पेश गरेकाले ३४ वटै दलको निर्वाचन चिन्ह समावेश भएको छ । जसमा पहिलो नम्बरमा नेपाली कांग्रेसको निर्वाचन चिन्ह रुख समेटिएको छ भने अन्तिममा पाँच तारे निर्वाचन चिन्ह समावेश भएको छ । सबैभन्दा कम २८ दलले मात्रै बन्दसूची पेश भएको कर्णाली प्रदेशमा २८ दलको निर्वाचन चिन्ह मात्रै समावेश भएको छ । जसमा पहिलो नम्बरमा नेकपा (एमाले)को सुर्य चिन्ह नै र अन्तिममा पाँच तारे निर्वाचन चिन्ह समावेश भएको छ ।

२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको आधारमा मतपत्रमा निर्वाचन चिन्ह राखिएको आयोगको प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पजुन प्रदेशमा २०७४ सालको प्रदेशसभा समानुपातिकतर्फको निर्वाचनमा बढी मत ल्याउने दलको निर्वाचन चिन्ह मतपत्रको पहिलो नम्बरमा समेटिएको हो भने सबैभन्दा कम मत तथा यस पटकको समानुपातिकतर्फको निर्वाचनमा सहभागि हुनका लागि बन्दसूची पेस गर्ने दलको निर्वाचन चिन्ह मतपत्रको अन्तिममा समेटिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *