समानुपातिक मतपत्रमा ४८ दलको चिन्ह : पहिलो नम्बरमा एमालेको सूर्य, अन्तिममा रविको घण्टी – Nepal Press

समानुपातिक मतपत्रमा ४८ दलको चिन्ह : पहिलो नम्बरमा एमालेको सूर्य, अन्तिममा रविको घण्टी

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीका लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि बन्दसूची पेश गरेका ४८ दलको निर्वाचन चिन्ह समेटिएको मतपत्र आयोगले सार्वजनिक गरेको हो ।

२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको आधारमा मतपत्रमा निर्वाचन चिन्ह राखिएको आयोगको प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पहिलो नम्बरमा नेकपा (एमाले)को सूर्य चिन्ह मतपत्रको पहिलो नम्बरमा रहेको छ भने अन्तिममा आगामी निर्वाचनमा समानुपातिक निर्वाचन प्रणलीमा सहभागि हुनका लागि बन्दसूची पेश गरेको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिन्ह घण्टी रहेको छ ।


प्रतिक्रिया

One thought on “समानुपातिक मतपत्रमा ४८ दलको चिन्ह : पहिलो नम्बरमा एमालेको सूर्य, अन्तिममा रविको घण्टी

  1. मतपत्रमा नो भटको कोठा पनि समबेस गरेको भए उत्तम हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *