गच्छादारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै दायर रिट खारेज – Nepal Press

गच्छादारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै दायर रिट खारेज

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिट खारेज गरेको हो ।

अधिवक्ता अनिल आचार्यले ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न दायर गरेका थिए ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छादारसहित प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेकबहादुर गुरुङ, लक्ष्मी महतो, युद्धविक्रम तामाङ र रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न बिहीबार रिट दायर भएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *