सत्ता गठबन्धनका विद्यार्थी संगठनहरुले सबै निर्वाचन क्षेत्रको प्रत्येक बुथमा २ सय युवा परिचालन गर्ने – Nepal Press

सत्ता गठबन्धनका विद्यार्थी संगठनहरुले सबै निर्वाचन क्षेत्रको प्रत्येक बुथमा २ सय युवा परिचालन गर्ने

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुले सबै निर्वाचन क्षेत्रको प्रत्येक बुथमा २ सय युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल छैठौं र समाजवादी विद्यार्थी यूनियनको बैठकले पाँचवटै संगठनका अध्यक्ष सलग्न केन्द्रीय परिचालन समिति बनाउने निर्णयसमेत गरेको छ ।

‘संविधान कुल्चने, पटक पटक संसद विघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धीमाथि खेलबाड गरि मुलुकलाई पछि फर्काउन चाहने ,स्वेच्छाचारी र प्रतिगामी शक्तिलाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना निर्माण गर्ने रणनितिअनुरुप गठन्धनमा सहभागी दल निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने’ विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेशस्तरीय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए ।

‘गठबन्धन आवद्ध विद्यार्थी संगठनका अध्यक्षहरुले अडियो, भिडियोमार्फत गठबन्धनका उम्मेदवारहरु विजय गराउन सार्वजनिक अपिल गर्ने’, विज्ञप्तिमा उल्लेख छ, ‘चुनावी प्रतिश्पर्धामा रहेका दलको शीर्ष नेतृत्व तथा संयुक्त विद्यार्थी संगठनका पूर्वविद्यार्थी अध्यक्षका चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरु उपस्थिति भएर निर्वाचन विशेष कार्यक्रम र संयुक्त संबोधन अपिल गर्ने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर