पर्सामा माओवादीका शाक्य र सिरहामा कांग्रेसका साहले फिर्ता लिए बागी उम्मेदवारी – Nepal Press

पर्सामा माओवादीका शाक्य र सिरहामा कांग्रेसका साहले फिर्ता लिए बागी उम्मेदवारी

जनकपुरधाम । पर्सा प्रतिनिधिसा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराएका टेकबहादुर शाक्य र सिरहा प्रदेशसभा क्षेत्र ४ (ख) मा उम्मेदवारी दर्ता गराएका कपिलदेव साहले उम्मेदवारी फिर्ता लिएका छन् ।

शाक्य नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । टिकट नपाएको झोकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए । पार्टीको निर्देशनबमोजिम उम्मेदवारी फिर्ता लिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।

यस्तै सिरहा प्रदेशसभा क्षेत्र ४ (ख) मा दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका साह नेपाली कांग्रेसका नेता हुन् । उनले सत्ता गठबन्धनका उम्मेदवार लोसपाका रामबाबु यादवलाई सघाउन आफू फिर्ता भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर