बागमती : अध्यादेशबाट प्रदेश उच्च शिक्षा ऐन जारी गर्ने सरकारको निर्णय


हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश उच्च शिक्षा ऐन जारी गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए।
मन्त्री श्रेष्ठले ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले यो निर्णय गरिएको हो । सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको हो ।