बालुवाटारमा कांग्रेस नेतासहित सत्तापक्षका शीर्ष नेतृत्वबीच छलफल – Nepal Press

बालुवाटारमा कांग्रेस नेतासहित सत्तापक्षका शीर्ष नेतृत्वबीच छलफल

काठमाडौं । सदनको जारी गतिरोध हटाउन विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति छानबिन समिति टीओआर बनाउनेबारे कार्यदलमा कांग्रेस केही लचक देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका महामन्त्री गगन थापा, नेताहरू कृष्ण सिटौला र रमेश लेखक सहभागी छन् ।

कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए संलग्न सहकारी संस्थाको नाम राखेर टीओआर टुंग्याउन सकारात्मक भएको सत्तापक्षको दाबी छ । तर, आज लिखितरूपमा कार्यदलको बैठकमा आफ्नो कुरा राखेको कांग्रेसले गृहमन्त्रीको नाम नराखी समिति बन्न नसक्ने अडान कायमै राखेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर