सिरोहिया पक्राउबारे माधव नेपाल- तर्साएर शासन गर्ने सोचिएको भए गलत – Nepal Press

सिरोहिया पक्राउबारे माधव नेपाल- तर्साएर शासन गर्ने सोचिएको भए गलत

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कुनै विषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भएपनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको बताएका हुन् ।

अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भएपनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले बिषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरु उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राखे ।

त्यस्तै, उनले अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

One thought on “सिरोहिया पक्राउबारे माधव नेपाल- तर्साएर शासन गर्ने सोचिएको भए गलत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर