सर्लाही २ मा सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय, राजेन्द्र महतो एक्लिए – Nepal Press

सर्लाही २ मा सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय, राजेन्द्र महतो एक्लिए

काठमाडौं । सत्ता गठबन्धनले सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाएको छ । गठबन्धनले यादवलाई उम्मेदवार बनाएपछि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो एक्लिएका छन् ।

लोसपा पनि सत्ता गठबन्धनमै सहभागी छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरेर यादवलाई उम्मेदवार बनाएको जानकारी गराएका छन् ।

यस्तै, सलार्ही २ को प्रदेश (१) मा सुनिल साह र २ मा कौलश किशोर यादव गठबन्धनको साझा उम्मेदवार भएको उल्लेख गरेका छन् । यहाँ एमाले जसपा गठबन्धनले एमालेका राजनारायण साहलाई उम्मेदवार बनाएको छ । उनी सलाही जिल्ला अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर