आज उम्मेदवारी फिर्ता लिन सकिने – Nepal Press

आज उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन समय दिएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी र्फिता लिन सकिने आयोगले जनाएको छ ।

विभिन्न पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ । उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृत कार्यालयमा गएर निवेदन दिनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *