रामचन्द्रबाट पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभाको अफरपछि गोविन्द भट्टराई ब्याक – Nepal Press

रामचन्द्रबाट पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभाको अफरपछि गोविन्द भट्टराई ब्याक

पोखरा । कांग्रेस नेता गोविन्द भट्टराईले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उठ्ने घोषणा गरे पनि अन्तिम समयमा ब्याक भएका छन् ।

समानुपातिकको बन्द सूचीको अन्तिमतिर आफ्नो नाम राखिएपछि फिर्ता लिएका भट्टराईले फेसबुकमार्फत उम्मेदवारी दिन लागेको संकेत गरेका थिए । तर आइतबार उनले मनोनयन भने दर्ता गरेनन् ।

मनोनयन गर्ने तयारी गरे पनि पार्टीका कार्यकर्ताले अहिले नउठ्न आग्रह गरेपछि आफू ब्याक भएको भट्टराईले बताएका छन् ।

‘म उठ्ने तयारीमा त थिएँ, तर साथीहरूले अहिले नउठ्न आग्रह गर्नुभयो । धेरै साथीले अहिले नउठ्नु भनेपछि म ब्याक भएँ,’ उनले भने ।

रामचन्द्र पौडेलले उनलाई कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बनाउने र राष्ट्रिय सभामा लैजाने प्रतिबद्धता दिएपछि उनी ब्याक भएको तनहुँ कांग्रेसका नेताहरू बताउँछन् ।

भट्टराई निकट नेताले पनि पौडेलबाट अफर आएको स्विकारे पनि अफरका कारण भने ब्याक नभएको बताए ।

‘अफर उहाँले पार्टीको पदाधिकारी बनाउने र सांसद बनाउने दिनुभएको हो, त्यही अफरले ब्याक भएको चाहिँ होइन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर