प्यूठानमा एमालेबाट संघमा थापा प्रदेशमा शर्मा र रिजाल – Nepal Press

प्यूठानमा एमालेबाट संघमा थापा प्रदेशमा शर्मा र रिजाल

रुपन्देही । नेकपा एमालेले एक निर्वाचन क्षेत्र रहेको प्यूठानमा संघमा पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापालाई उम्मेदवार बनाएको छ ।

प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस भएका थिए ।

थापालाई पार्टीले पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो । पत्रकारिता पृष्ठभूमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारीमा थिए ।

प्यूठानको प्रदेश प्रत्यक्षतर्फ क बाट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र ख बाट केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाल उम्मेदवार बनेका छन् ।

रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाव जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण विकास मन्त्रीसमेत बनेका थिए ।

गठबन्धन दलबाट जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको नाम संघमा सहमति भए पनि कांग्रेसकै नेताहरूले विरोध जनाएका छन् ।

प्रदेशमा माओवादी र कांग्रेसले एक एक सीट पाउने भए पनि व्यक्तिको टुंगो लागि सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर