गायक मुरलीधरले राप्रपाबाट पाए सिरहा २ को टिकट – Nepal Press

गायक मुरलीधरले राप्रपाबाट पाए सिरहा २ को टिकट

जनकपुरधाम । गायक मुरलीधरले सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने भएका छन् ।

सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।

मुरलीधर केही दिनअगाडि मात्रै राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका‌ ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए ।

‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो’, ‘पहाडको पल्लो डाँडामा छ सानो गाउँ’ जस्ता दर्जनौं चर्चित गीतमा उनले स्वर भरेका छन् ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर