माधव नेपालको चिन्ता : पार्टीले अवसर दिए जिन्दावाद भन्ने, नत्र अर्कोमा हाम्फाल्ने प्रवृत्ति बढ्यो (भिडिओ) – Nepal Press

माधव नेपालको चिन्ता : पार्टीले अवसर दिए जिन्दावाद भन्ने, नत्र अर्कोमा हाम्फाल्ने प्रवृत्ति बढ्यो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र अवसरवादी प्रवृत्ति झांगिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपालको राजनीतिमा फैलिएको रोग आफ्नो पार्टीमा पनि सरेको उनको भनाइ छ ।

आज पार्टी निकट महिलाहरुको भेलालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले पार्टीमा मैले के पाएँ भन्ने सोच हामी भइरहेको बताए । उनले भने, ‘आफूले अवसर पाए छोइनसक्नु हुने, अवसर नपाए अनुहारै अँध्यारो पार्ने नेताहरु धेरै देखेको छु । पुरुषदेखि महिला, युवादेखि वृद्धसम्मा यस्तो प्रवृत्ति छ ।’

नेपालले थपे, ‘नेपालको राजनीतिमा फैलिएको यो रोग कम्युनिष्ट आन्दोलनमा सर्दै हाम्रो पार्टीभित्र पनि देखापर्न थालेको छ । पार्टीले सँधै अवसर दियो भने जिन्दावाद भन्ने, अवसर नपाउने जस्तो भयो भने तुरुन्तै अर्कोतिर हाम्फाल्ने र पार्टीको राजनीतिक जीवनै समाप्त पार्ने प्रवृत्ति देखिएको छ । यी सबै चिजबाट सजक र सतर्क हुनुपर्छ ।’

उनले पार्टी संगठन अघि बढाउन विधि, प्रणाली, मापदण्ड तय गर्नुपर्नेमा जोड दिँदै योग्यता र कामको मूल्यांकन हुने बताए ।

 


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको चिन्ता : पार्टीले अवसर दिए जिन्दावाद भन्ने, नत्र अर्कोमा हाम्फाल्ने प्रवृत्ति बढ्यो (भिडिओ)

  1. हा हा हा के हसायको हो यस्तो हास्न पनि लाजै लाग्ने गरि!!!🤣🤣🤣तेहि काम गरेरै त तपाइले पार्टी फोर्नु भयको त हो!!!मलाइ अध्यक्ष चाहियो,मलाइ मान चाहियो भनेर रोइलो गरेरै त यहाँ सम्म आउनु भयको छ।चेलाहरुले गुरुको मान त राख्नै पर्यो नि!!🤣🤣🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर