लाइसेन्सका लागि ७ वटा लघुबीमा कम्पनीको आवेदन – Nepal Press

लाइसेन्सका लागि ७ वटा लघुबीमा कम्पनीको आवेदन

काठमाडौं । सातवटा लघुबीमा कम्पनीले लाइसेन्सका लागि बीमा समितिमा आवेदन दिएका छन् । बीमा समितिले भदौ १० गते लाइसेन्सका लागि आव्हान गरेको सूचनाको म्याद अब एक दिन बाँकी छ ।

बीमा समितिले सातवटा भदौ १० मा लघु बीमा कम्पनीको इजाजत पत्र जारी गर्नको लागि प्रकाशित गरेको सार्वजनिक सूचनाको म्याद भोलिसम्म छ । काठमाडौं उपत्यकाबाहिर प्रधान कार्यालय राख्ने गरी ४ वटा नीर्जिवन र ३ वटा जीवन बीमालाई लाइसेन्स दिने सरकारको तयारी छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलेले हालसम्म सात कम्पनीका लागि आवेदन परेको बताए ।

लघु बीमाका लागि आवेदन दिनेमा जानकी जीवन लघु बीमा कम्पनी लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स, नो लाईट (जनरल) इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वदेशी लघु जीवन बीमा कम्पनी लिमिटेडलगायत छन् । समितिले नयाँ लघुबीमामा लागि बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका, २०७९ ल्याएर नयाँका लागि बाटो खोलेको थियो ।

यो निर्देशिका अनुसार लघुबीमा कम्पनी पब्लिक कम्पनीको रूपमा दर्ता हुनु पर्नेछ । न्यूनतम चुक्तापुँजी ७५ करोड रूपैयाँ हुनुपर्नेछ । संस्थापकले कम्तीमा ५१ प्रतिशत शेयर लिन पाउनेछ । पब्लिक कम्पनी बनाउन ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्नेछ । यस्तै ५ प्रतिशत शेयर कर्मचारीलाई दिन पाइनेछ ।

चुनावको मुखमा लाइसेन्सको प्रक्रिया अघि बढाउनुलाई कसैले यसलाई ‘सेटिङ’ को रूपमा टिप्पणी गरेका छन् । २०७४ मा पनि संसदीय निर्वाचनको बेला १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीविन बीमा कम्पनीलाई लाइसेन्स दिइएको थियो ।

बीमा कम्पनीहरूबाट नै लघुबीमा गराउन सक्ने स्पेस बीमा समितिसँग हुँदाहुँदै नयाँ लघुबीमालाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउनुमा स्वार्थ गाँसिएको स्रोतको दाबी छ । धितोपत्रसँग सम्बन्धित विभिन्न कम्पनीलाई पनि यहीबेला लाइसेन्सको प्रक्रिया अघि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर