गोलपछि सेलिब्रेसन गरिरहेका ब्राजिलियन रिचार्लिसनलाई जब केरा प्रहार भयो – Nepal Press

गोलपछि सेलिब्रेसन गरिरहेका ब्राजिलियन रिचार्लिसनलाई जब केरा प्रहार भयो

पेरिस । आफ्ना स्टार खेलाडी रिचार्लिसनलाई केरा प्रहार भएको विषयमा ब्राजिल फुटबल संघले आपत्ति जनाएको छ। ब्राजिलले मंगलबार राति भएको मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा ट्युनिसियालाई ५–१ गोलले हराएको थियो।

पेरिसमा भएको यो खेलमा दोस्रो गोल गरेपछि सेलिब्रेसन गरिरहेका रिचार्लिसनलाई दर्शकदिर्घाबाट केरा र अन्य वस्तुले प्रहार भएको थियो। ब्राजिल फुटबल संघले यसलाई आफ्ना खेलाडीविरुद्ध जातीय दुव्र्यवहार भएको उल्लेख गरेको छ।

ब्राजिलको यो जितमा रफिन्हाले दुई तथा रिचार्लिसन, नेइमार र पेड्रोले एक एक गोल गरेका थिए। १९ औं मिनेटमा रिचार्लिसनले रफिन्हाको पासमा गोल गरेपछि खुसीयाली मनाइरहेका बेला उक्त घटना भएको थियो।

खेल सुरु हुनुअघि ब्राजिलका खेलाडीले ‘अस्वेत खेलाडीबिना हाम्रो टिसर्टमा ताराहरु सम्भव हुने थिएनन्’ उल्लेख भएको ब्यानर प्रदर्शन गरेको थियो।

रिचार्लिसन पछिल्लो समय उत्कृष्ट लयमा छन्। उनले अघिल्लो खेलमा पनि दुई गोल गरेका थिए। २५ वर्षिय उनी, नेमारजत्तिकै ब्राजिलले भर गरेका खेलाडी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर