झापा ५ को संयोग- नाकाबन्दी समर्थक युग पाठक नाकाबन्दी परास्त गर्ने ओलीसँग भिड्ने
काठमाडौं । देशभर शीर्ष नेतृत्वविरुद्ध स्वतन्त्र उम्मेदवारीको लहर चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पूर्व माओवादी लेखक तथा नेपालविरुद्ध नाकाबन्दीको पक्षका अभियन्ता युग पाठक चुनाव लड्ने भएका छन् ।
उनले शनिवार दमकको पिपलबोटबाट ओलीविरुद्ध उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । ओलीविरुद्ध चुनाव लड्ने घोषणासहित केही दिनअघि झापा झरेका पाठकले यहाँका ओली विरोधी विभिन्न व्यक्तित्वहरूसँग छलफल गरेका थिए ।
पाठकले उत्स्रवण आन्दोलन र उम्मेदवार (झापा–५) घोषणापत्र जारी गर्दै मुलुकको वर्तमान संकटको कारण र त्यसको समाधान आफूसँग रहेको भन्दै ओलीलाई हराएर चेतनाको बत्ती बाल्ने दाबी गरेका छन् ।
पाठक केही समय प्राध्यापनमा समेत थिए । पछिल्लो समय उनी ओली विरोधी अभियन्ताका रूपमा चर्चित छन् । उनले २०७२ सालमा संविधानसभाले जारी गरेको संविधानविरुद्ध अभियान चलाउनुका साथै भारतलाई नाकाबन्दी कसिलो बनाइदेऊ भन्ने आग्रह गर्दै सिमानामा धर्ना समेत बसेका थिए ।
उनीसहितको टोलीले तत्कालीन भारतीय राजदूतलाई भेटेर नाकाबन्दी कडा बनाएर नेपालका शासकमाथि दबाब सिर्जना गर्न आग्रह गरेका थिए ।
नेपालले संविधान जारी गरेपछि भारतले लगाएको अघोषित नाकाबन्दीको पक्षमा लागेर सिमाबाट ढुंगा प्रहार गर्ने @YugPathak ले त्यो बेला नाकाबन्दीको सामना गर्ने केपी ओलीको विरूद्ध आज झापा ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेछन्।
नाकाबन्दी ठीक भन्नेहरूको जमानत जफत गर्न झापालीहरू सफल हुनेछन्।
दलाल कथित बुद्धिजीवी !
दुतावासबाट हण्डी बुझ्ने देश बेचुवालाई नोमिनेशन गर्न नै बन्देज लगाउनुपर्छ ।
नाकाबन्दी समर्थक त नेपाल बिरोधी भएकोले यस्तालाई चुनाब लोप्पा खुवाउनै पर्छ, धुलो चटाउनै पर्छ ।
डलरे अभियन्ता अनि प्रचण्डको हनुमान हो यो पाठक