कराँचीमा पाकिस्तानको विस्फोटक ब्याटिङ, विकेट नगुमाई २ सय रनको लक्ष्य पूरा – Nepal Press

कराँचीमा पाकिस्तानको विस्फोटक ब्याटिङ, विकेट नगुमाई २ सय रनको लक्ष्य पूरा

काठमाडौं । पाकिस्तानले घरेलु मैदानमा इङल्यान्डविरुद्ध जारी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत बिहीबार राति भएको खेलमा सानदार जित हात पारेको छ ।

कराँचीमा भएको दोस्रो खेलमा घरेलु टोली १० विकेटले विजयी भयो । २ सय रनको लक्ष्य पाएको पाकिस्तानले तीन बल बाँकी छँदै जित हात पारेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले एक सय १० र विकेटकिपर समेत रहेका मोहम्मद रिजवानले ८८ रन बनाए । आजमले ६६ बलमा पाँच छक्का र ११ चौका प्रहार गरे । यस्तै रिजवानले ५१ बलमा चार छक्का र पाँच चौका हिर्काए ।

आजमको यो दोस्रो टी-२० अन्तर्राष्ट्रिय सतक हो । ८२ खेल खेल्नेक्रममा उनले २६ अर्धसतक पनि बनाएका छन् । यस्तै रिजवानले १८ औं टी-२० अन्तर्राष्ट्रिय अर्धसतक हो । उनले ६४ खेल खेल्नेक्रममा एउटा सतक पनि बनाएका छन् । त्यसअघि इङ्ल्यान्डको पालीमा कप्तान मोइन अलीले ५५, बेन डकेटले ४३ र कप्तान फिल साल्टले ३० रन बनाएका थिए ।

जितसँगै पाकिस्तानले शृंखला १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा इङ्ल्यान्ड विजयी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर