नागरिकता विधेयकबारे सञ्चारमन्त्री कार्की : संविधानत राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ, गर्नुहुनेछ – Nepal Press

नागरिकता विधेयकबारे सञ्चारमन्त्री कार्की : संविधानत राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ, गर्नुहुनेछ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुबीचको सिट बाँडफाँटबारेको छलफलपछि उनले यस्तो बताएका हुन् ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरणका विषयमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा उनले भने, ‘राष्ट्रपतिजीले संविधानत प्रमाणीकरण गर्नुहुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, अझै पनि टाइम छ हेरौं ।’

यदि प्रमाणीकरण नगरे के हुन्छ भन्ने प्रतिप्रश्नमा कार्कीले थपे, ‘म तपाईंहरुलाई फेरि दोहोर्याएर भन्न चाहन्छु संविधानत राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ, गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।’


प्रतिक्रिया

One thought on “नागरिकता विधेयकबारे सञ्चारमन्त्री कार्की : संविधानत राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ, गर्नुहुनेछ

  1. नागरकिता विधेयक प्रमाणीकरण गर्न कम्फर्टेबल गठबन्धनले राष्ट्रपतिमाथि दबाव बढाउनु उताको आदेश पालना गर्नु हो। परदेशको स्वार्थमा चिन्तित कठै परमादेश!
    देशको स्वार्थमा नागरिकता विधेयक रोक्नु राष्ट्रपतिको कर्तव्य हो किनभने देशभन्दा माथि संविधान कदापि होइन।
    मंसिर #चार गठबन्धन #बहिष्कार!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर