बाबुराम र वामदेव गठबन्धनकै हिस्सा, लोसपा वेटिङमै छ : कांग्रेस प्रवक्ता – Nepal Press

बाबुराम र वामदेव गठबन्धनकै हिस्सा, लोसपा वेटिङमै छ : कांग्रेस प्रवक्ता

‘चुनावपछि कांग्रेस नेतृत्वदायी भूमिकामै हुन्छ, भावी प्रधानमन्त्रीको टुंगो छैन’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. बाबुराम भट्टराई र वामदेव गौतम पाँचदलीय गठबन्धनकै हिस्सा भएको भन्दै लोसपाबारे निष्कर्षमा पुग्न बाँकी रहेको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले बाबुराम र वामदेवले पाँच दलभित्रै कोसँग उभिने हो उनीहरूले नै निर्णय गर्ने बताए । दुवै नेताले माओवादीको चुनाव चिन्ह प्रयोग गर्ने सहमति गरिसकेका छन् ।

प्रवक्ता महतले लोसपालाई पनि गठबन्धनमा लिनेबारेमा कुरा भइरहेको तर निष्कर्षमा पुगिनसकेको बताए । अर्को प्रसंगमा महतले चुनावपछि को प्रधानमन्त्री बन्ने भन्ने बारेमा गठबन्धनमा छलफल नभएको बताए । तर, चुनावपछि कांग्रेस नेतृत्वदायी भूमिकामा रहनेमा दुईमत भने नरहेको प्रष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर