श्रमिकसँग श्रम मन्त्रीको एक घण्टा : मन्त्रीले भने- गैर कानुनी रूपमा विदेश गएकाको लास ल्याउन कठिन छ – Nepal Press

श्रमिकसँग श्रम मन्त्रीको एक घण्टा : मन्त्रीले भने- गैर कानुनी रूपमा विदेश गएकाको लास ल्याउन कठिन छ

काठमाडौं । श्रमिकसँग श्रम मन्त्री कार्यक्रम अन्तरगत आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रमिकहरूको गुनासो सुनेका छन् ।

९ जनाले गुनासो राखेकोमा अधिकांश गुनासो नेपालकै म्यानपावरले ठगी गरेको विषयमा केन्द्रित भयो । यस्तै विदेशमा भएको। शव ल्याउने विषय श्रमिकले राखेका थिए ।

मन्त्री कुँवरले भने गैर कानुनी रूपमा विदेश गएकाहरूको लास ल्याउन सहज नभएको बताए । उनी भन्छन्, ‘कानुनी जटिलताका कारण गैर कानुनी रूपमा विदेश गएकाहरूको लास ल्याउन कठिन छ । तर कानुनी रूपमा गएकाहरूको भने लास अलपत्र पार्नेछैनौ ।’

मन्त्रालयमै अनलाइन मार्फत श्रमिकले गुनासो राखेका थिए । तर पहिलो कार्यक्रम भएकाले अडिओमा समस्या भएको थियो । श्रमिकले के गुनासो पोखे भनेर पत्रकारले सुन्न पाएनन् ।

विदेशमा रहेका कामदारलाई अप्ठेरो परेमा वैदेशिक रोजगार विभाग तथा मन्त्रालयमा सम्पर्क गर्न आव्हान गरिएको छ । श्रम मन्त्रालयको तथ्यांक अनुसार अहिले ४६ लाखभन्दा बढी नेपाली विदेशमा रहेका छन् ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा तिनै नेपालीले पठाएको रेमिट्यान्सको २२ प्रतिशत भन्दा बढी योगदान रहेको छ ।

विदेशीका नेपालीले पठाएको रकमबाट नेपालले १० खर्ब बढी रेमिट्यान्स पाएको छ ।

विदेशमा रहेको नेपालीले पठाएको १० खर्ब रेमिट्यान्समा सरकार रमाएर बसेको तर वैदेशिक रोजगारमा गएकाहरूको समस्या सुनुवाइ नभएको आरोप लाग्दै आएको छ ।

अब देखि सरकारले प्रत्येक हप्ताको आइतबार त्यस्ता व्यक्तिहरूको गुनासो सुन्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर