एनआइसी एशियाका सेयरधनीले कमाए सबैभन्दा बढी – Nepal Press

एनआइसी एशियाका सेयरधनीले कमाए सबैभन्दा बढी

काठमाडौं । एनआइशी एशिया बैंकका सेयरधनीले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कमाएका छन् । यो वर्ष लगानीकर्ताले एक सेयर बराबर ३९ रुपैयाँ १३ पैसा आम्दानी गरे जुन अघिल्लो वर्षको तुलनामा १० रुपैयाँले बढी हो । अघिल्लो वर्ष १८ रुपैयाँ १८ पैसा प्रतिसेयर आम्दानी थियो ।

बैंकका अधिकांश सुचकमा आकर्षक बृद्धि छ । अन्य बाणिज्य बैंकको तुलनामा एनआइसीको आधारभुत पक्ष बलियो देखिएको छ । एनआइसीको दोस्रो बजारमा ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता सेयर सुचिकृत छ । यसको ७६ अर्ब बढी बजार पुँजीकरण रहेको छ ।

बैंक पनि साथी पनि नाराका साथ अघि बढेको यस बैंकले आक्रामक व्यवसाय विस्तार गरिरहेको छ । बैंकले अहिले मुद्दती निक्षेपमा आकर्षक योजना समेत अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर