तीजमा टिकटक होइन, महिलाको वेदना र भावनाको चर्चा गरौंः आरजु राणा – Nepal Press

तीजमा टिकटक होइन, महिलाको वेदना र भावनाको चर्चा गरौंः आरजु राणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले तीजको मौलिकता जोगाउनुपर्ने बताएकी छन् ।

कांग्रेसबाट निर्वाचित देशभरका महिला जनप्रतिनिधिका लागि नेपाल महिला संघद्वारा काठमाडौंमा आयोजित बधाई ज्ञापन तथा दर खाने कार्यक्रममा उनले परम्परादेखि रही आएको तीजको महत्व र गरिमा घट्न दिन नहुने बताइन् ।

‘तीजमा टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिलाको वेदना र भावनाको चर्चा गर्नुपर्छ,’ उनले भनिन्,‘यसले महिलाका वेदना बोकेको मौलिक तीज हराउनबाट जोगाउन सकिन्छ ।’ समाजमा अहिले पनि महिलालाई हेर्ने दृष्टीकोण परिवर्तन नभएको उनले बताइन् ।
महिलाका अधिकारका मुद्दा उठानका लागि पनि तीज पर्वलाई उपयोग गर्नुपर्ने नेतृ देउवाले बताइन् । उनले भनिन्, ‘परम्परादेखि तीजको महत्व छ । यसको महत्व र गरिमा घटन् नदिउँ ।’

यस्तै स्थानीय तहको निर्वाचन परिणामले कांग्रेसप्रती जनताको विश्वास बढेको कुरा समेत उनले बताइन् । ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसप्रति जनताको विश्वास बढेको देखिएको छ । यसलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म अझै बढ्नेगरी अघि बढ्नुपर्छ,’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर